Nepal Mediciti Hospital Ad

खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

तपाईको खबर संवाददाता प्रकाशित : पुस २५, २०७५ Big News, पत्रपत्रिकाबाट, समाचार
lalbabu pandit-tapaikokhabar

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्। ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ,’ पण्डितले भने।

मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए। ‘देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो।

पण्डितले कर्मचारीको अनुहार हेरर नभई उसको काम हेरेर मूल्यांकन गर्ने बताए। संघीयतामा नेपाल कच्चा भए पनि सिंहले खाँदै सिक्दै गरेजस्तो सिक्दै जाने बताए। कतिपय स्थानीय निकायलाई आफू स्वतन्त्र सरकार भएजस्तो भ्रम रहेको भन्दै उनले ७ सय ५३ स्थानीय सरकार एउटै देशभित्रका सरकार भएको बताए। ‘देश एउटा हो, सरकार मात्र धेरै हुन्, सबैले त्यसै ढंगले बुझ्न आवश्यक छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित