Nepal Mediciti Hospital Ad

खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिमसँग काँकडभिट्टा भिड्दै

तपाईको खबर संवाददाता प्रकाशित : पुस २४, २०७५ Flash News, खेलकुद
khaptad-goldcup-Tapaikokhabar

नेपाल आइस सुदुरपश्चिम गोल्डकपको तेश्रो संस्करणको उद्घाटन आज हुने भएको छ । धनगढी रंगशालामा हुने उद्घाटन समारोहको पहिलो खेलमा आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची नेत्रलय काँकडभिट्टा फुटबल ट्रेनिङ एसोसिएसनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पुस २५ गते हुने दोश्रो खेलमा मोरङ एघारले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै तेस्रो दिन भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । पुस २७ गते भने संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने छ ।

ए बाट थ्रीस्टार क्लब र एपीएफ क्लबले भने क्वाटरफाइनलबाट मात्रै प्रतिस्पर्धा गर्ने छ । यता, समूह बी बाट मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको डफिनास टिम फेमेलीले क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्ने भएको हो ।

तेश्रो संस्करण गोल्डकपको फाइनल खेल माघ पाँच गते हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित