Nepal Mediciti Hospital Ad

शेयर बजार परिसूचक बढ्यो

तपाईको खबर संवाददाता प्रकाशित : पुस २३, २०७५ अर्थ, आर्थिक खबर, समाचार
share-tapaikokhabar

साताको दोश्रो दिन सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । उत्पादनमूलक र अन्य बाहेकका सबै समूह उकालो लगेपछि समग्र बजार परिसूचक ६.६७ अंकले बढेर ११७७.४६ अंकमा पुगेको छ ।

साताको दोश्रो दिन भएको कारोबार अनुसार सबैभन्दा धेरै जीवन बिमा समूह १.५४, निर्जीवन बिमा समूह १.४८ र होटल समूह १.०३ प्रतिशतले बढेको हो । बैंक, विकास बैंक, जलविद्युत, वित्त र लघुवित्त समूह पनि बढेका छन् । नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ ।

सोमबार १४८ कम्पनीको ३० लाख १९ हजार रुपैयाँबराबरको ९ लाख १४ हजार २३९ कित्ता सेयर किनबेच भएको छ । आइतबारको तुलनामा यो रकम करिब ८४ लाख कम हो । आइतबार ३१ करोड ३ लाखको सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित