Nepal Mediciti Hospital Ad

आज जे छु सुन्दरमणीले गर्दा नै हो, म बन्धक भएको छैन : विष्णु माझी

तपाईको खबर संवाददाता प्रकाशित : पुस २३, २०७५ Big News, Flash News, मनोरञ्जन, मुख्य खबर
bishnu-majhi-Tapaikokhabar

लोकगायिक विष्णु माझीले आफूलाई सुन्दरमणीले बन्धक बनाएको कुरामा कुनै सत्यता नभएको बताइकी छन् ।

नेपाली लोक गीतको क्षेत्रमा आफूलाई स्थापित गराउने व्यक्ति नै सुन्दरमणी अधिकारी भएकोले अहिलेसम्म भएको सबै हल्लामा कुनै सत्यता नभएको बताएकी छन् ।

केहि दिन देखी सामाजिक सञ्जाल र मिडियामा माझीलाई उनकै श्रीमानले सुन्दरमणी अधिकारीले बन्धक बनाएको भनिएको भए पनि त्यसमा कुनै सत्यता नभइ सबै अपवाह फैलाउने काम भएको बताएकी छन् ।

स्याङ्जा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए । उनीहरु झण्डै करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा बिताएका थिए।

टाउकोमा पर्छौरा, मुखका मास्क, ओभर कोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर आएकी माझी कार्यालय भित्रपुगेपछिमात्र मुखको मास्क खोलेर बोलेको प्रजिअ निरौला ले जानकारी दिए।

चर्चित गायिका किन गुमनाम रहनु भएको प्रजिअ निरौलाको जिज्ञासामा माझीले आफनो इच्छा नै त्यस्तो रहेको बताइन्। माझीलाई उद्धृत गर्दे प्रजिअ निरौलाले भने, ‘बाहिरी हल्लाजस्तो मेरो भोगाई होइन, आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याउनु भएको हो, म बन्धक छैन। मेरो इच्छा नै बाहिर सार्वजनिक हुन नचाहने हो, म मेरो जीवनदेखि खुशी छु।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित