Nepal Mediciti Hospital Ad

पुश्कल शर्माको अभिनयमा ‘एकादेशको कथा’ सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : पुस २०, २०७५ Big News, Flash News, कला खबर, भिडियो, मनोरञ्जन
AKADESHKO KATHA THUMS

नेपाली लोक गीत संगीतको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल रहेका पुस्कल शर्माको पन्ध्र वर्षको अन्तरालमा दोश्रो आधुनिक गीत एकादेशको कथा सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरीको पनि विशेष वियोगान्त गीतको क्षेत्रमा आफ्नो पहिचान बनाएका शर्माको आधुनिक गीतमा अभिनय भएको यो दोश्रो गीत हो । दोहोरी क्षेत्रमा आफ्नै पहिचान बनाएका शर्माको आधुनिक क्षेत्रको पहिलो गीत भने मलाई माफ गर, बचन, म अर्कैको जस्ता गीतहरु रहेका छन् ।

बियोगान्त गीतलाई आफ्नो प्रमुख भाग मान्ने शर्माको अन्य क्षेत्रको पनि प्रख्यात गीतहरु रहेका छन् । मलामी नामको गीतबाट चर्चामा आउनुका साथै विवादमा समेत तानिएका शर्माको पछिल्लो गीतहरु समेत निकै चर्चित रहेका छन् ।

पुश्कल शर्माको आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा गायकको रुपमा पुश्कल शर्मा आफैँ रहेको छ भने । यस गीतको शब्द संकलन भने सुवास कार्कीले गरेका छन्, भने संगीत पुश्कल शर्माको आफ्नै रहेको छ ।

भिडियोको निर्देशन समेत गरेका पुश्कल शर्माको यस गीतको अभिनयमा पुश्कल शर्मा, सुवास कार्की, सारीका केसी रहेका छन् भने भिडियाको सम्पादन भने सम्पादक दिपक विष्टले गरेका छन् । भिडियोको छायाँकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित