Nepal Mediciti Hospital Ad

विद्रोही समूहबीचको झडपमा १९ जनाले ज्यान गुमाए

तपाईको खबर संवाददाता प्रकाशित : पुस १८, २०७५ अन्तर्राष्ट्रिय, समाचार
siriya-jhadap

उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम एचटीएस र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ ।

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुई जना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताएका छन् । यस झडपमा अन्य ३५ जना घाइते भएको उनले बताएका छन् ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट एनएलएफको मुख्य खेलाडीको रुपमा रहेको छ । एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ ।

सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित