Nepal Mediciti Hospital Ad

पृथ्वीबाट सबैभन्दा टाढा पुग्यो अमेरिकी यान

तपाईको खबर संवाददाता प्रकाशित : पुस १८, २०७५ Flash News, अन्तर्राष्ट्रिय, समाचार

अन्तरिक्ष सम्बन्धी अमेरिकी निकाय नासाको न्यू होराइजन नामक यान अल्टिमा टुले नामक बरफको पिण्ड नजिकैबाट पार भएको पुष्टि गर्दै पृथ्वीमा सूचना पठाएको छ । न्यू होराइजन यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको छ । यो नै हालसम्म सौर्यमण्डलको सबभन्दा टाढा पुगेको यान भएको जनाइएको छ ।

उक्त पिण्ड नजिकैबाट गुज्रँदा न्यू होराइजनले धेरै मात्रामा फोटो खिच्नुका साथै अन्य अवलोकन समेत गरेको थियो । ती सामग्री आगामी दिनमा उसले पृथ्वीमा पठाउने छ । उक्त यानले पठाएको रेडियो सन्देश स्पेनको मेड्रिडस्थित नासाको एउटा ठूलो एन्टेनाले प्राप्त गरेको थियो। अल्टिमाबाट पृथ्वी आइपुग्न सो रेडियो सन्देशलाई ६ घण्टा ८ मिनेट लागेको थियो। मेरिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले सो रेडियो सिग्नल प्राप्त गरेपछि खुशीयाली मनाएका थिए ।
(बीबीसी)

प्रतिकृया दिनुहोस्

सम्बन्धित