Nepal Mediciti Hospital Ad

सेयर बजार खडेरी, २ घन्टा बित्नै लाग्दा ५ करोडको कारोबार भएन

तपाईको खबर संवाददाता प्रकाशित : पुस १८, २०७५ आर्थिक खबर

सेयर बजार बुधबार पनि सुस्त देखिएको छ । बजार खुलेको २ घन्टामा बजार परिसूचक करिब २ अंकले घटेको छ भने कारोबार रकम करिब ६ करोड छ ।
पुँजी बजारमैत्री नीतिगत व्यवस्था कार्यान्वयनपछि पनि पुँजीबजारमा लगानी कम देखिएको हो । यसैगरी, बजारको ठूलो रकम करको रुपमा सरकारी ढुकुटीमा जम्मा हुने क्रमले बजारमा रकम अभाव सिर्जना गरेको छ ।
मंगलबारदेखि बैंक इन्टिग्रेटड अनलाईन कारोबार प्रणाली कार्यान्वयन हुँदा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन ।
दिनको १२ बजेर ५० मिनेट जाँदा बजारमा ९९ कम्पनीका १ लाख २५ हजार कित्ता सेयर ४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित