Nepal Mediciti Hospital Ad

अमेरिकाको कारण खाडी असुरक्षित बन्दै गएको इरानको आरोप

तपाईको खबर संवाददाता प्रकाशित : पुस १६, २०७५ Flash News, प्रवास, समाचार
trump-tapaikokhabar

 

सामरिक क्षेत्रमा आफ्नो उपस्थितिलाई बढावा दिने अमेरिकी नीतिका कारण खाडी मुलुकमा असुरक्षाको भावना बढेको इरानका सशस्त्र बल प्रमुख ९चिफ अफ स्टाफ मोहम्मद बकेरीले आरोप लगाएका छन् ।

‘प्रेस टीभी’का अनुसार बकेरीले आइतबार दक्षिणी इरानी बन्दरगाह सहर बन्दर अब्बासमा संवाददाताहरुसँग भने, ‘सदाझैँ अमेरिकाको जहाँजहाँ उपस्थिति छ, त्यहाँत्यहाँ असुरक्षाको बिजारोपण हुन पुगेको छ ।’

सिन्ह्वाको रिपोर्टअनुसार खाडी देशहरु आफ्नो सुरक्षा आफैं सुनिश्चित गर्न सक्ने बकेरीको भनाइ छ । यो क्षेत्रमा अमेरिकाको उपस्थितिले केवल असुरक्षा उत्पन्न गराएको छ । अघिल्लो दिन शनिबार इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले पनि यस्तो आरोप लगाएका थिए ।

‘खाडीमा अमेरिकी सैन्य उपस्थिति अवैध छ, यसले हरेक क्षेत्रमा तनाव पैदा गरेको छ,’ उनले भनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित