Nepal Mediciti Hospital Ad

एकै पटक २ वटा रेल किन्दै सरकार

तपाईको खबर संवाददाता प्रकाशित : पुस १६, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, पर्यटन-ऊर्जा, मुख्य खबर, समाचार
Train-Tapaikokhabar

यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए ।

‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने,‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’

भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । ‘दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’

रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ ।

कान्तिपुर दैनिक
प्रतिकृया दिनुहोस्

सम्बन्धित