Nepal Mediciti Hospital Ad

रिमा विश्वकर्माको नयाँ भिडियो सार्वजनिक 

तपाईको खबर संवाददाता प्रकाशित : पुस १५, २०७५ Flash News, मनोरञ्जन, समाचार

नेपाल आइडल देखि चर्चाको शिखरमा रहेकी नायिका रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ। भिडियोमा उनी प्रेमपिडामा देखिएकी छिन्। उनलाई भिडीयोमा मोडल जीवन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन्। प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने छ।

भिडियोको गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर रहेको छ। भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन्। भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायांकन रहेको छ।

भिडियो हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित