Nepal Mediciti Hospital Ad

पूर्वराष्ट्रपतिलाई बिदेश भ्रमणमा रोक 

तपाईको खबर संवाददाता प्रकाशित : पुस १३, २०७५ Flash News, प्रवास, समाचार

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई बिदेश भ्रमणमा जान लागि प्रतिबन्ध लगाइएको छ ।भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको हो ।पाकिस्तानी सरकारका सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित