Nepal Mediciti Hospital Ad

पर्यटन प्रवद्र्धनको लागि सौराहामा हात्ती महोत्सव सुरु

तपाईको खबर संवाददाता प्रकाशित : पुस ११, २०७५ Flash News, पर्यटन-ऊर्जा, समाचार
Elephant-Tapaikokhabar

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर चितवनको सौराहामा पन्ध्रौँ हात्ती महोत्सव शुरु भएको छ ।

 सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । ‘जंगल र जंगली जनावर राष्ट्रका साझा सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।

 महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृंगार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिँदै छ ।

 महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित