Nepal Mediciti Hospital Ad

तातोपानी नाका बैशाखबाट सञ्चालनमा आउने

तपाईको खबर संवाददाता प्रकाशित : पुस ५, २०७५ Flash News, पर्यटन-ऊर्जा, मुख्य खबर
Tatopani-tapaikokhabar-jpeg

नेपालको उत्तरतर्फ रहेको मुख्य व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।

भुकम्प देखी अवरुद्ध रहेको तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको जानकारी दिएकाछन् ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित