Nepal Mediciti Hospital Ad

सौराहामा हात्ती महोत्सव आयोजना हुने

तपाईको खबर संवाददाता प्रकाशित : पुस ३, २०७५ Flash News, पर्यटन-ऊर्जा, मुख्य खबर, रोजगार, समाचार
Elephant-Tapaikokhabar

आन्तरीक र बाह्य पर्यटन प्रवद्र्धनको लागि पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिएका छन् ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने महोत्सव मूलआयोजक समितिका संयोजक समेत रहनुभएका घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित