Nepal Mediciti Hospital Ad

‘आप्पा’ मा ड्राइभर बन्दा यस्तो देखिए दयाहाङ

तपाईको खबर संवाददाता प्रकाशित : पुस १५, २०७५ Uncategorized, फिल्म-संगीत, मनोरञ्जन
appa-poster1

जुनसुकै भूमिकामा पनि ठीक हुने अभिनेता दयाहाङ राईले नयाँ फिल्म ‘आप्पा’ मा सम्भवतः पहिलो पटक ड्राइभर र पिताको भूमिका निर्वाहा गरेका छन् । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममा उनी एक छोराको पिताको भूमिकामा छन् । फिल्मको टाइटल क्यारेक्टरमा नै उनी छन् ।

माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मले बाबु-छोराको कथा वाचन गर्ने बताइएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको फस्टलुक र प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले जेठ २४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । पोस्टरमा दयाहाङ र एक प्रेम जोडी प्रस्तुत छन् ।

नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । फिल्मको कथा निर्देशक स्वयंको हो ।

फस्टलुक पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरेले नयाँ पुस्तासँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताए । अभिनेता दयाहाङले फिल्ममा पितासँगै ड्राइभरको भूमिका निभाएको बताए । आफूले गरेका फिल्मभन्दा दर्शकलाई ‘आप्पा’ फरक लाग्ने उनको विश्वास छ ।

निर्देशक गुरुङ दिमागमा जन्मिएको कन्सेप्टलाई पर्दामा उतार्न वर्षौसम्म आफू ‘दिवाना’ भएर भौतारिएको सम्झन्छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित