मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

निर्मलाका लागि न्यायको माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ जना पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २०, २०७५ Flash News, समाचार
nirmala-hatya-pradrasan-pakrau

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति भवन शितल निवास अगाडी प्रदर्शन गरिएको छ।

प्रदर्शनका क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

हाल उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ । यसैबीच, पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनीको बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जारी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित