मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

प्रदेश नं १ मा एघार महीनामा ५४ जनाको हत्या, २२० बलात्कार

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २०, २०७५ Flash News, समाचार

विराटनगर । सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६ पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए ।

यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन, मानव बेचविखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट चारजना पीडित भएका थिए । गाली बेइज्जतीबाट सात, हत्या प्रयासबाट नौ, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट छ, अप्राकृतिक मैथुनबाट दुई जना पीडित भएका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताए । प्रदेशसभा सदस्य यशोधा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानून बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक भएको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित