मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

‘ए’ डिभिजन लिगः छैटौँ चरणका खेल आजदेखि

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १८, २०७५ Flash News, खेलकुद
A-division-football

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् ।

लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ ।

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ । एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालीकाको ११ औँ स्थानमा छ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन् । नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ । छैटौँ चरणका खेलअन्तर्गत बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित