आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली (सूचीसहित)

गोपाल दाहाल प्रकाशित : मंसिर १८, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
NCP-tapaikokhabar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
आज गए १२ बजे बसेको सचिवालय बैठकले प्रदेश कमिटिलाई पूर्णता दिने भएको थियो । सोही अनुसार प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।

सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सर्वजनिक गरिएको छ । सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।

महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।

योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।

अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित