मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

बदनामी लुकाउन ओलीले नयाँ युगको घोषणा गरे: विश्वप्रकाश शर्मा

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १७, २०७५ Flash News, मुख्य खबर
bishwo_prakash_sharma_Tapaikokhabar

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारले आफ्नो बदनामी लुकाउन देशमा नयाँ युग सुरु भएको भन्दै प्रचार गरेका आरोप लगाएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका अवसरमा सरकारले लागू गरेको कार्यक्रम सकरात्मक भएको भए पनि उचित समय र प्राथमिकताको आधारमा सरकारले काम गर्न नकसेको बताएका हुन् ।

‘ऐन कांग्रेस नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसद्मा प्रस्तुत भई संसद्ले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित भइसकेको हो’, पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यसैले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो बदनामी छोप्न खोज्ने पातलो पछ्यौरी मात्रै हो भन्ने हाम्रो निष्कर्ष छ।’

यहि मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझैं प्रधानमन्त्री केपी ओलीको तस्बिर सहरभर सजाएर पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको कांग्रेसको दाबी छ। ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति हामी सरकारलाई सचेत गराउछौं’, कांग्रेसद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्बिरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र टाँस्नुले नयाँ युग होइन, पुरानो युगको सम्झना गरायो।’

‘निर्मला पन्तलाई न्याय चाहियो’ भनेर उनको तस्बिरसहितको पोस्टर टाँसिदा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने ? भनेर कांग्रेसले प्रश्नसमेत गरेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले स्पाइनल इन्जुरी भएर ह्विलचियरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका अशक्त बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय खारेज गरेर सरकारले सामाजिक सुरक्षा कार्यान्वयन गर्नेमा कांग्रेसले शंका गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित