Nepal Mediciti Hospital Ad

नेपाली ईन्जिनियरलाई खुसीको खबर, जापानले दियो यस्तो अवसर

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १४, २०७५ Flash News, पत्रपत्रिकाबाट, समाचार
japan11

काठमाडौँ । नेपाली ईन्जिनियरको लागि एक जापानी कम्पनीले विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ ।

जापानमा रहेको ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए । नागरिक दैनिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित