मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

बलात्कारमा सहनशिलता

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १३, २०७५ विचार

प्रदीप उप्रेती

विश्वको जुनसुकै मानव सभ्यता रहेको कुना–कुनामा सामाजिक कलङ्कको रूपमा यौन हिंसालाई लिन सकिन्छ । जब मानव मात्रमा रहेको यौन हिंसाले चरम रूप धारण गर्छ भने त्यस अवस्थापश्चात् बलात्कारजन्य गतिविधिहरू समाजमा देखा पर्छन् । बलात्कारलाई कुनै वर्ण, धर्म, रङ्ग, जातजाति वा सम्प्रदाय विशेषले छेक्दैन, यो केवल यौनिक दुर्गन्धले भरिएको पापकर्म मात्र हो । व्यक्तिको मस्तिष्कले सही वा गलत क्रियाकलाप खुट्टाउन नसक्दा निस्किएको सामाजिक विकृतिको रूपमा यसलाई लिन सकिन्छ ।
सामाजिक विकृतिको रूपमा रहेको यौनिक दुर्घटनाहरू पुँजीवाद, साम्यवाद, समाजवाद वा अन्य कुनै पनि शासकीय समाजमा हुन सक्छ तर सभ्य एवं सुशिक्षित समाजमा बलात्कारीलाई कुनै पनि राजनीतिको रङ्गले अवश्य पनि पोत्न मिल्दैन । किनकि बेरङ्गीभित्र पनि बलात्कारका चित्कारहरू समाहित हुन सक्छन् ।
नेपालको सन्दर्भमा भन्दा दृश्य एवं अदृश्य रूपमा धेरै निर्मला पन्तहरू यस प्रकारका पीडाबाट पीडित भएका हुन सक्छन् । त्यसलाई हेर्ने समाजका आँखाहरूमा कालोपट्टी होइन, सूक्ष्म अध्ययनको खाँचो छ । भनिन्छ, सयौँ अपराधीहरू बरु छुटून् तर कदापि निर्दोष सजायँमा नपरोस् । तितो तर वास्तविक यथार्थ पनि यही नै हो । यसका साथै सामान्य कानूनको सिद्धान्त एवं व्यवहार पनि यही हो । यसै यथार्थपरक तथ्यलाई व्यवहारमा उतार्न सकिए मात्र निश्चित रूपमा कानूनी राज्यको उपस्थिति भएको आभाष आम–जनसमुदायलाई दिलाउन सकिनेछ । जसलाई मानव मनका अन्तर चक्षुहरूले नियाल्दै, मनन गर्दै सत्य एवं न्यायको पक्षमा उभिन सक्षम भए मात्र वास्तविक न्यायको प्रत्याभूति दिलाउन सम्भव रहन्छ । तत्पश्चात मानव सभ्यता विरोधी बलात्कारका पीडाहरूमा कमी आउने सङ्केत देखा पर्न थाल्छ ।

बलात्कार गर्नु वा बलात्कृत हुनु कुनै तारतम्य मिलाएर हुने प्रक्रियागत कार्य पक्कै पनि होइन । मानव मस्तिष्कमा क्षणिक रूपमा आउने यौनजन्य व्यग्रतालाई सम्बद्ध पक्षले नियन्त्रण गर्न नसक्दाको प्रतिफल हो यो तर अन्य प्राणीको तुलनामा मानव विवेकशील भएको हुँदा यस्तो कुकर्ममा नियन्त्रित हुनै नसक्ने भन्ने पक्कै पनि होइन । यो पनि सत्य हो कि यौनजन्य दुव्र्यवहारका दरहरूलाई मानव सभ्यताबाट पूर्णतया अन्त्य गर्न कदापि सकिँदैन, यद्यपि व्यवहारमा संयम अपनाउने चेष्टामात्र गर्ने हो भने यसलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
महिलाबाट पनि पुरुष बलात्कृत भएका घटना सुनिन्छ तर तुलनात्मक रूपमा अध्ययन गर्दा धेरै हदसम्म पुरुष अभिमानको कारण हुने यौनिक दुर्घटना वा बलात्कारबाट नै बढी सामाजिक पीडा छ । यौनजन्य दुर्घटना हुन्छ वा हुने सम्भावनालाई समयमा नै हेक्का राख्न नसकिए परिणाम भयाभह हुन सक्छ । तसर्थ बलात्कारको प्रमुख तत्त्वको रूपमा नारी सहनशिलतालाई लिन सकिन्छ । यदि नारी एवं पुरुष सम्प्रदायबाट यौन दुव्र्यवहारलाई समयमै विचार पु-याउन सकिएन वा वेवास्ता गरिए तत्पश्चात् गलत यौन दुरासययुक्त मनोभाव भएका तìवहरूको मनोवैज्ञानिक तवरबाट दुराषयुक्त आत्मबल बढ्न गई यौन दुर्घटनाको अभिवृद्धि हुने देखिन्छ ।
महिलालाई यौनको प्रतिमूर्तिको रूपमा लिई आपराधिक मनस्थिति पुरुष सम्प्रदायले व्यवहारमा उतार्नु नै यौन दुर्घटना अभिवृद्धिको प्रमुख कारक तìव हो । नारी मन कोमल हुन्छ, त्यसमाथि नेपाली सामाजिक संस्कारका नारी । नेपालमा हुने बलात्कारका घटनाका प्रमुख कारणमध्ये नारीको सहनशीलल, विश्वासी र सदाचारयुक्त व्यवहार पनि एक हो । अझ नाबालिक चेलीको समूहले सहज रूपमा यौनजन्य दुव्र्यवहारलाई प्रतिकार गर्न नसक्ने अवस्थालाई यौन दुराचारीहरूले आफूू अनुकूल उपभोग गर्ने वा गर्न चाहने विकृत मनोविज्ञान हावी भई बलात्कार एवं यौन दुव्र्यवहार न्यूनीकरण गर्न नसकिएको हो । सामाजिक आत्मसम्मान् एवं मुलुकको कानूनी भयले जघन्य अपराधको रूपमा रहेको मानवता विरोधी कार्यलाई कुनै हालतमा आत्मसात् गर्न कुनै पनि शिक्षित र सचेत मानव सम्प्रदाय अग्रसर हुँदैन । यौन पीडाको कारुणिकता यति भयाभय हुन्छ कि धेरैहदसम्म पीडित पक्षले मानव सम्यता विरोधी मृत्यु वा पीडादायी विक्षिप्त जीवनको सम्भावना हुन्छ ।
बलात्कारजन्य पीडाबाट बच्न नारी संवेदनशिलतामा आधारित सदाचारयुक्त व्यवहारलाई न्यून रूपमा भए पनि त्याग्ने र आत्मसुरक्षाको कौशल देखाउने प्रवृत्तिको विकास गर्ने हो भने धेरै हदसम्म गलत मनसाययुक्त व्यवहारका दरहरूमा न्यूनता आउनेछ । अनि जघन्य अपराधका दरहरूमा समेत न्यूनता छाउनेछ । आपराधिक मानसिकता भएकाहरूबाट महिलावर्गको संवेदनशिलता एवं सहनशिलतालाई कमजोरीको रूपमा लिएकै कारण अपराधका दरहरूमा वृद्धि भएको हो । यसमा विशेष सर्तकता अपनाउने वित्तिकै आपराधिक तìवको मनोवल गिर्न गई यौन दुर्घटनाको न्यूनीकरणको सम्भावना रहन्छ ।
अन्य समूहको तुलनामा नाबालिक चेलीको समूहलाई यौन चेतनाको अभावमा कुनै व्यक्ति, सम्प्रदाय वा समुदाय विशेषले कुनै साङ्केतिक, लिखित एवं प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै प्रकारका शारीरिक वा मानसिक दबाबलाई पनि यौन हिंसाकै रूपमा परिभाषित गर्न सकिन्छ । सम्भावित असमन्जस्य अवस्था सिर्जना भए गुहार माग्ने, तत्पश्चात विना हिच्किचाहट प्रहरीको सहयोग लिनु नै आपराधिक तत्त्वको मनोवल घटाई सम्बद्ध पीडित पक्षले आफूलाई सकुशलन जोगाउनु गराउनु हो ।
नेपालको कुरामात्रै होइन, विश्वको कुनै पनि समाजबाट सहज रूपमा कुनै पनि प्रकारका अपराधलाई निर्मूल पार्न सकिंदैन । यो विश्वव्यापी सामाजिक समस्या नै हो । त्यसैले नेपाल पनि यो समस्याबाट अछूतो रहन सक्दैन । अतः आफ्ना निकटम् एवं विश्वासी पात्रबाटै समाज विरोधी दुर्घटना हुन्छन् भन्ने यथार्थ बोध गरी सबै सचेत बन्ने, बनाउने बानीको विकाससँगै संयम, अनुशासन, र आत्मसुरक्षा कौशलमा बलियो हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित