Nepal Mediciti Hospital Ad

दैलेख जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १२, २०७५ Big News, Flash News, मुख्य खबर
jeep-accident-dailekh

दैलेख । दैलेखमा बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ भने २ जना घाइते छन्।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका-३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌ं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित