मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

होसियार ! स्याउ खाँदा विचार नगरे जान सक्छ ज्यान

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १०, २०७५ शिक्षा-स्वास्थ्य
Apples11

विश्वबजारमा नै सदाबहार उपलब्ध हुने फल स्याउ । प्रचलनमा नै रहेको कुरा , ‘दैनिक एउटा स्याउ खानुहोस्, डाक्टरकहाँ जानुपर्दैन ।’ अर्थात स्याउ स्वास्थ्यका लागि कति फाइदाजक छ भन्ने कुरा यसले दर्शाउँछ ।

जतिबेला जस्तो समयमा पनि खान सकिने सदावहार फलको रुपमा रहेको स्याउ बिहान खाली पेटमा होस् वा खाना खाइसकेपछि वा खानुअघि । कतिपय फलफूल चाहि निश्चित मात्रा र समयमा खानुपर्ने हुन्छ । स्याउको हकमा यस्तो बन्देज छैन ।

हामीले दैनिक जसो खाने गरेको फलको रुपमा रहेको स्याउमा रहेको बीज कति खतरनाक हुनसक्छ भने त्यसले मृत्युको मुखमा पनि पुर्‍याउन सक्छ । स्याउको बिजमा एक यस्तो तत्व पाइन्छ, जो एकदम विषालु हुन्छ । यो तत्व पाचन इन्जाइमको सम्पर्कमा आउँछ र त्यससँग मिलेर साइनाइड बन्छ ।

अमिगडलिनमा साइनाइड र चिनी हुन्छ । जब यो हाम्रो शरीरमा प्रवेश गर्छ, तब हाईड्रोजन साइनाइडमा रुपान्तरण हुन्छ ।

स्याउनको भित्र रहेको बिजमा रहेको यस तत्वले बिमार मात्र हुने होइन, ज्यान लिनसक्ने खतरा हुन्छ । हुन त अहिलेसम्म स्याउको दानाकै कारण मृत्यु भएको भन्ने खाबर सतहमा आएको छैन । यद्यपी यसलाई कम आँक्नु हुँदैन ।

स्याउले उत्पादन गर्ने यस तत्वले कसरी शरीरमा हानी गर्छ ?

साइनाइड विश्वका केही सबैभन्दा खतरनाक विषमा एक मानिन्छ । जब यो शरीरमा प्रवेश गर्छ, त्यसले सबैभन्दा पहिला अक्सिजनको आपूर्तिमा समस्या ल्याउँछ । अवरोध पुर्‍याउँछ । नतिजा, तुरुन्तै ज्यान जान सक्छ ।

कति खतरनाक ?

स्याउको २ सय बिजले बनेको चूर्ण मानव शरीरका लागि एकदम खतरनाक हुन्छ । यसमा पाइने साइनाइडले मस्तिष्क र हृदयमा तिब्र असर गर्छ । यसले मान्छेलाई कोमामा पुर्‍याइदिन्छ । यदी धेरै मात्रामा साइनाइडको सेवन गरियो भने तुरुन्तै सास लिन समस्या हुन्छ । मुटुको धड्कन बढ्न थाल्छ । रक्तचाप न्युन हुन्छ । मानिस बेहोस हुन्छ ।

यसको आशिंक सेवनले चाहि चक्कर आउने, पेट दुख्ने, वान्ता आउने समस्या देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित