मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

थाहा पाउनुहोस्, यस्तो छ चिसो मौसममा लसुन खानुको फाइदा

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ७, २०७५ शिक्षा-स्वास्थ्य
lasuna-tapaikokhabar

शरिरमा लसुनले गर्मी पैदा गर्छ त्यसकारण चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक हुन्छ । लसुनले पाचनमा पनि निकै फाइदा पुर्याउँछ त्यसकारण यसको दैनिक प्रयोग गर्नुपर्छ । यदि तपाईं खानामा दैनिक लसुनको प्रयोग गर्नुहुन्छ भने तपाईंले यस्ता फाइदा पाउनुहुनेछ ।

प्राकृतिक एन्टिबायोटिक हो लसुन

लसुनमा प्राकृतिक रुपमा एन्टिबायोटिक गुण पाइन्छ । लसुनले तपाईंलाई हरेक प्रकारको संक्रमणबाट जोगाउँछ र यसले आन्तरिक स्वेलिङ र पिडा कम गर्छ । लसुन खानालाई विषाक्त बनाउने ब्याक्टेरियाबाट लड्न सक्षम रहन्छ । खानामा दैनिक प्रयोग गरिने लसुन एन्टिबायोटिक औषधीभन्दा पनि बढि प्रभावकारी हुन्छ ।

रोग प्रतिरोधी क्षमता बढाउँछ लसुन

लसुनमा प्रोटिन हुन्छ जसले विभिन्न रोगबाट लड्ने एन्टीबडी बनाउन सहयोग गर्छ । यसले रुघा, खोकी र अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्छ । यसका साथै, जसको रगत बाक्लो छ लसुन त्यस्ता व्यक्तिका लागि पनि फाइदाजनक हुन्छ । यसले शरिरमा रक्तप्रवाह सुचारु बनाइराख्छ । रगतलाई पातलो बनाउँछ जसले तपाईंलाई सम्भावित रोगबाट बचाइराख्न मद्दत गर्छ ।

मुटु रोगबाट बचाउँछ

लसुनले तपाईंको शरिरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । यसले तपाईंको मुटु सधैं स्वस्थ राख्न सहयोग गर्छ । लसुनले शरिरमा गुड कोलेस्ट्रोलको स्तर बढाउने कामसमेत गर्छ । उच्च रक्तचापका बिरामीले दैनिक लसुन सेवन गरे यसले रक्तचापलाई नियन्त्रणमा ल्याउँछ । यसमा भएको एलिसिन नामक तत्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।

दाँत दुखाईमा फाइदाजनक

लसुनमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ जसले दाँतमा प्रत्यक्ष प्रभाव पार्छ । लसुनले दाँतको दुखाईलाई पनि राहत दिलाउने काम गर्छ । लसुनलाई ल्वाङ्सँग पिसेर दुखेको दाँतमा लगाइदिँदा दुखाई तुरुन्त कम हुन्छ ।

गर्भावस्थामा फाइदाजनक लसुन

गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशु दुबैको स्वास्थ्यमा फाइदा पुर्याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्छ । गर्भवती महिलाले लसुनको सेवन नियमित रुपमा गर्नुपर्छ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले कुनै न कुनै रुपमा लसुनको सेवन गर्नैपर्छ ।

रक्तचाप नियन्त्रणमा राख्छ

लसुनमा उच्च रक्तचापको समस्या हटाउने गुण पनि हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार उच्च रक्तचापका बिरामीले खाली पेटमा लसुनको सेवन गरे यसले रक्तसंचारलाई बढ्नबाट रोक्छ । यसका साथै लसुन मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

जोर्नीको दुखाईमा पनि लसुन फाइदाजनक

जोर्नीसम्बन्धि रोगमा पनि लसुन निकै लाभदायक छ । लसुनको नियमित रुपमा सेवन गर्दा जोर्नी दुखाईमा राहत मिल्छ । यदि तपाईंलाई लसुन चपाउन मन लाग्दैन भने बिहान उठेपछि खाली पेटमा लसुनलाई क्यापसुलझैं खान सक्नुहुन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित