मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ६, २०७५ Flash News, प्रवास, समाचार

काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।

उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।

मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।

डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको उनले बताए । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ ।

रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित