मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

दैनिक १ लाखको हाराहारीमा दर्शक कमाउँदै ‘सालको पात टपरी’

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १४, २०७५ मनोरञ्जन, साताका कलाकार
salkopatatapari-Tapaikokhabar

बसन्त थापाको ‘सालको पात टपरी’ भन्ने गीतले यति बेला युट्युवमा दैनिक १/२ लाखको हाराहारीमा दर्शक जम्मा गर्न थालेको छ ।

सार्वजनिक गरिएको केहि समयसम्म खासै युट्युवमा नहेरिएको गीतको सूचीमा रहेको भए पनि पछिल्लो हप्ता देखि सो गीतमा दैनिक जसो १ देखि २ लाखको हाराहारीमा दर्शकहरु बढ्दै गएका छन् ।

माया प्रितीको कुरामा आधारित यस गीतमा मायामा हुने शंकालाई सम्बन्ध भन्दा टाढै राख्न सुझाव दिइएको छ । हल्लाको पछि लागेर तोडिने सम्बन्धहरुको लागि समेत यस गीतले शंकाको भावलाई हटाउनको लागि सुझाव दिएको छ ।

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको यस गीतको शब्द भने नवराज पन्तको रहेको छ । बशन्त थापाको म्युजिक रहेको यस गीतलाई राग म्युजिक स्टुडियोले सार्वजनिक गरेको हो । बशन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको यस गीतमा मरिस्का पोखरेल, कुलेन्द्र विक र बशन्त थापाको अभिनय देख्न सकिन्छ ।

नेपाली लोक गीत संगीत एक समय लोप हुने अवस्थामा पुगी सकेको भए पनि पछिल्लो समय सार्वजनिक भएको गीतहरुले भने फेरी एक पटक लोक गीत संगीतलाई नयाँ पालुवा थप्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित