आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

गायक जोसेफ शाहीको ‘तिमिले साथ छोड्यौ’ सार्वजनिक (भिडियोसहित)

गोपाल दाहाल प्रकाशित : मंसिर १६, २०७५ भिडियो, मनोरञ्जन

यूवा गायक जोसेफ शाही ठकुरीको आफ्नै शव्द, संगितमा ‘तिमिले साथ छोड्यौ’ बोलको सेन्टिमेन्टल गित सार्वजनिक भएको छ । गितमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएका छन् भने बि.बि अनुरागिको संगित संयोजनले गित थप मार्मिक बनेको छ ।

एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको आवाजमा राजनितिको आगो, ठेकी मदानि, कर्के नजर लगायतका गितहरु सार्वजनिक भैसकेका छन । आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले यस गितलाई आम स्रोता दर्शकले मन पराउने बिश्वास जोसफले लिएका छन ।

हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गरेको भिडियोको सम्पादन भने बिकास धमलाले गरेेेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित