आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

माथिल्लो तामाकोशीको शेयर हरेकलाई ४० कित्ता निश्चित

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक २५, २०७५ अर्थ, आर्थिक खबर, पर्यटन-ऊर्जा, मुख्य खबर, समाचार
Upper-Tamakoshi-tapaikokhabar

जलविद्यत क्षेत्रको दिगो विकासको लागि सहयोग गर्ने माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इपिओ) आवेदन दिएका हरेकलाई ४० कित्ता पर्ने निश्चित भएको छ ।

आयोजनाको लागि खोलिएको आइपिओमा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्। कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित