मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

‘भिलेन’ को फर्स्टलुकमा यस्तो देखिए निखिल

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक २०, २०७५ फिल्म-संगीत, मनोरञ्जन
film-vilen

एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘भिलेन’ को फर्स्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमार्फत उनको चरित्र प्रस्ट्याउन खोजिएको छ । आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका उनको लामो जुँगा देख्न सकिन्छ । पोस्टरले नै फिल्म एक्सन प्रधान रहेको बोल्छ ।

अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ुपिंजडा ब्याक अगेनु पछि पुनः पर्दामा फर्किएका हुन् । फर्स्टलुक पोस्टरसँगै फिल्मको आधिकारिक प्रदर्शन मिति पनि तय गरिएको छ । देवेन्द्र पाण्डे निर्देशित ‘भिलेन’ पुष २७ मा आउने भएको छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह(निर्मातामा छन् ।

निखिलका अलावा फिल्ममा शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित