आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

जानीराखौँ, पानीपुरी र चटपटे खानु फाइदा कि बेफाइदा ?

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक १५, २०७५ शिक्षा-स्वास्थ्य
pani-puri

काठमाडौं । नेपालमा पनि युवा पुस्ताले मन पराउँछन्, पानीपुरी र चटपटे । भारतको मगध क्षेत्रबाट सुरुवात भएको पानीपुरी अहिले विश्वका धेरै देशहरुमा यसको माग बढिरहेको छ । नेपालमा पनि अधिकांश युवक युवतीहरु पानीपुरी र चटपटे खाने गर्छन् । यो गाउँदेखि शहरसम्ममा लोकप्रिय बनेको छ ।

स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएको पानीपुरी खाँदा शरीरमा असर गर्दैन । स्वास्थ्यलाई हानिकारक मानिएका बस्तु नमिसाइएको पानी खाँदा भने शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ। युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधैँ गाढा बनाइ राख्न पनि यसले ठूलो भुमिका खेलेका हुन्छन्। चार वटा पानीपुरीमा करीब सय क्यालोरी हुने गर्छ।

तर, अस्वस्थ रुपमा बनाइएको पानीपुरीमा खाएमा भने स्वास्थ्यलाई असर गर्छ । सडक पेटीमा ठेलागाडामा पानी चटपटे र पानीपुरी खाँदा भनेस्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । केही महिनाअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो।

टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित