Nepal Mediciti Hospital Ad

पीपीएल : चितवनले दियो धनगढीलाई १९४ रनको लक्ष्य

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक १४, २०७५ Flash News, खेलकुद, मुख्य खबर
P-P-L

पोखरा । पोखरा प्रिमियर लिग क्रिकट (पीपीएल) मा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रह्यो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहले १०१ रनको साझोदारी गरेका थिए ।

पहिलो विकेटका रुपमा अनिल साह ३७ रन बनाएर आउट भए । अर्का ओपनर हरिशंकर साहले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए । लगातार दुई विकेट गुमाए पछि चितवनको रन बनाउने रफ्तारमा कमी आएको थियो ।

तर नट आउट रहेका सन्नी पटेल र करन केसीले २६ र ११ रन बनाएका थिए । स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी,डन लरेन्स,योगेन्द्रसिंह कार्की र मन्जीत श्रेष्ठले एक एक विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित