मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

कसरी हुँदैछ तिहारको लागि विद्युत व्यवस्थापनको काम ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज १५, २०७५ Flash News, पर्यटन-ऊर्जा, समाचार
Electricity-kathmandu-Tapaikokhabar

काठमाडौं । तिहारको लागि विद्युत व्यवस्थापनको लागि नेपाल विद्युत प्राधिकरणले काम तिव्र गतिमा गरिरहेको छ ।

नेपालीहरुको दोश्रो महान् चाडको रुपमा रहेको तिहार नजिकिंदै जाँदा नेपाल विद्युत प्राधिकरणले भने यस वर्षको तिहारमा विद्युतको अत्याधिक मागलाई पूरा गर्नको लागि काम तिव्र रुपमा गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार तिहार अघि नै सञ्चालनमा रहेका सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत सकिनेछ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिम तयारी अवस्थामा राखिने छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

बत्तीको चाडको रुपमा समेत लिइने तिहारमा विशेष गरी लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने गरेको छ ।

मुख्यत उपत्यकाको काठमाडौमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिनेछ ।

प्राधिकरणले लक्ष्मी पुजाका दिनमा विभिन्न ठूला होटल, मल तथा व्यापारिक प्रतिष्ठानहरुलाई जेनेरेटर चलाउन आग्रह गर्ने गरेको छ । सर्वसाधारणको घरमा विद्युतको माग बढी हुने हुँदा आज एक दिनका लागि जेनेरेटर चलाएर सहयोग गरिदिन प्राधिकरणले गत वर्ष पनि आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित