Nepal Mediciti Hospital Ad

‘मेरी आमा’ ले दशैं मान्न नपाउनेको पिडा दर्शाउँछ (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : असोज २५, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
meri-aama-song11

काठमाडौ । दशैं तिहारसंग सम्बन्धित धेरै गीतमा प्राय बैदेशिक रोजगारीको प्रसंगले स्थान पाउने गरेको छ । श्रीमान विदेश गएपछि श्रीमतीले श्रीमानलाई सम्झेर बसेको प्रसंग धेरै गीतमा भेटिन्छ ।

छोरा छोरी विदेशिएपछि बाबु आमा छोरा छोरीकै प्रतिक्षामा बसेको घटनामा पनि धेरै गीत सिर्जना भएको छ । त्यसरी बसेका मध्ये कतिपय बाबु आमा यस्ता अभागी हुन्छन् । बैदेशिक रोजगारीमा गएका छोराछोरीको निधन भएको खबर सुन्न वाध्य हुन्छन् ।

जन्म र मृत्यु अकाट्य परम्परा भए पनि हरेक ब्यक्तिको मृत्युले उसको परिवारमा गहिरो पिडा दिन्छ । शोभा अधिकारी र महेश अधिकारीको शब्द रहेको ‘मेरी आमा’ बोलको गीतमा आमा नहुँदा दसैं नआएको प्रसंग उल्लेख गरिएको छ ।

बीबी अनुरागीको संगीत रहेको गीतमा घरको मुली मान्छे भनौ जन्मदिने आमा नहुँदा दशैं तिहार जस्ता चाडपर्व नआएको प्रसंग उल्लेख गरिएको छ । जीवन सेन्चुरीको निर्देशन रहेको भिडियोमा हिउवाला गौतम, साबित्रा अधिकारी रेग्मी, शोभा अधिकारी, महेश अधिकारीलगायतले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित