मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

संस्थागत रुपमा पनि जम्दै कस्तुपराज पन्त

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ८, २०७५ मनोरञ्जन, समाचार, साताका कलाकार
Parbat-Artist-Society-21

काठमाण्डौ । नेपाली गीत संगीतमा विशिष्ट पहिचान बनाउन सफल गायक एवं संगीतकार कस्तुपराज पन्त अब संस्थागत रुपममा सक्रिय भएका छन् । संगीत प्रोड्युसर एशोसिएसनको संस्थापक उपाध्यक्ष रहेका पन्त पर्वत कलाकार समाजमा अध्यक्ष हुन् ।

‘नाम पर्वत काम पर्वत सुन्दर प्रकृति, यसै माथि अझै हाम्रो कला संस्कृति’ भन्ने नाराका साथ सक्रिय पर्वत कलाकार समाज नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गरी पर्वत जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान गरेको छ ।

समाजले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, साहित्यकार शान्तिनारायण श्रेष्ठ र बरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेललाई सम्मान गरेको छ ।

पर्वतमा जन्मेर मुलकका विभिन्न क्षेत्रमा सक्रिय बिशिष्ट व्यक्तिलाई खोजी गरि सम्मान प्रदान गर्ने अध्यक्ष कस्तुपराज पन्तले बताए । कार्यक्रममा समाजका महासचिव कृष्ण समिप सुवेदीले झण्डै दुई सय बिशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरेका थिए ।

समाजले पर्वतका श्रष्ठाहरुसंग समन्वय गर्ने महासचिव सुवेदीले बताए । पर्वतका कलाकारहरुको समूह रहेको उक्त संस्थाले पर्वतले कलाको माध्यमबाट देशको लागि गरेको योगदानलाई विश्वभरका नेपालीले चिन्नुपर्ने भन्दै जिल्लावासी कलाकारको आत्मियताको उद्देश्यका साथ पर्वत कलाकार समाज नेपाल गठन भएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुन जोशी लागायतका उपस्थिती थियो । कार्यक्रममा सहभागीले पर्वत कलाकार समाजले शुरुवात गरेको आत्मियताको सन्देशबाट सबैले सिक्नुपर्ने बताए ।

Parbat-Artist-Society-311

समाजमा अध्यक्षमा कस्तुपराज पन्त, बरिष्ठ उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, उपाध्यक्ष याम क्षेत्री, महासचिव कृष्ण समिप सुवेदी, सचिव प्रह्लाद सुवेदी, कोषाध्यक्ष रञ्जित कुमार क्षेत्री, सह–कोषाध्यक्ष सुस्मा लोहनी तथा सदस्यहरुमा युवराज भुषाल, अमृत क्षेत्री, दिपिप रेग्मी, लक्षु प्रकाश मल्ल, सुजन बराईली, रमेश सेञ्चुरी, सरोज रोशन भट्टराई, भिम ब. पौडेल रहेका छन् भने समाजका संरक्षक बरिष्ठ लोक गायक बिमलराज क्षेत्री रहेका छन् । समाजको सञ्चार संयोजकमा पत्रकार जीवन पराजुली मनोनित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित