मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

शिब परियारको दसैं गीत सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : असोज २४, २०७५ भिडियो, मनोरञ्जन
shiva-pariyar-tapaikokhabar

काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत लिएर आएका छन् ।

लोकरक जनराको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

आफ्नो ११ औं एल्बम ’शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत अहिले सम्मकै फरक रहेको उनको दावी छ । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहेको छ ।

सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ । विकास सुबेदी निदेर्शित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित