आज : २०७६ कात्तिक ४ गते

Nepal Mediciti Hospital Ad

आईजीपी खनाल भन्छन्, ‘केही प्रहरीका कारण सङ्गठन बदनाम भयो, गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ’

तपाईको खबर संवाददाता प्रकाशित : असोज २१, २०७५ Flash News, मुख्य खबर, समाचार
Sarbendra-Khanal112

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार यहाँ आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उनले भने ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उनले भने।

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित