Nepal Mediciti Hospital Ad

‘डियर जिन्दगी’ घटस्थापनाको दिनबाट (ट्रेलर सहित)

तपाईको खबर संवाददाता प्रकाशित : असोज १५, २०७५ मनोरञ्जन
trelar-dear-jindagi

काठमाडौ । कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ ।

काठमाडौमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशन रहेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा,श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल,सुरेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।

‘डियर जिन्दगी’ का निर्माता तथा निर्देशकलाइ रुद्राक्षको बिरुवा प्रदान गर्दै त्यसलाई स्याहार गरेर हुर्काउन र ‘डियर जिन्दगी’ को रुपमा ठुलो बनाउन र हरियाली कायम गर्न मद्दत पुर्याउन समेत अनुरोध गरिएको थियो ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा ध्रुवराज पराजुलीको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित