आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

अनुग्रहको प्रदर्शन मिति तोकियो, कात्तिक १६ मा प्रदर्शन

तपाईको खबर संवाददाता प्रकाशित : असोज १०, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
Anugraha-film-nepal

काठमाडौ । सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रदर्शन मिति घोषणा गरेको छ । आउदो कात्तिक १६ गतेबाट अनुग्रह प्रदर्शनमा आउने भएको छ ।

कुमार केसीको निर्देशन रहेको यस चलचित्रमा तन्नेरीको प्रेमकथा र परिवारको मायालाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोष खबासले निर्माण गरेको चलचित्रमा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ताले अभिनय गरेकी छिन् । सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालले अभिनय गरेका छन् ।

विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टर संगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित