मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

‘प्रसाद’को लिरिकल भिडियो सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : असोज ३, २०७५ फिल्म-संगीत, साताका कलाकार
prashad-film-tapaikokhabar

काठमाडौ । चलचित्र ‘प्रसाद’को ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सहित फस्टलुक सार्वजनिक भएको छ ।

युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।

निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको ‘लै लै’बोलको उक्तगीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । गीतको एरेन्जउ दयराज पौडेलले गरेका हुन् । चलचित्रक ानिर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै चलचित्रको फस्टलुक सहित यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त चलचित्रमा अर्को गीतपनि रहेको उनले बताए ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ ।

युट्युबबाट गीत रिलिजसँगै फिल्म युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र फिल्मबारेमा जानकारी दिन फेसबुकमा प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित