Nepal Mediciti Hospital Ad

प्रधानन्यायधीशमा मिश्रको नाम अनुमोदन

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २५, २०७५ Big News, Flash News, मुख्य खबर
mishra-omaprakash-tapaikokhabar

काठमाडौ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

सोमबार मिश्रको सुनुवाइ थियो । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले अनुमोदन गर्ने निर्णय गरेको हो । अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मिश्रले अदालतमा हुने भ्रष्टाचार नियन्त्रणमा आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित