मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

मनोज गजुरेल स्टारर सयकडा १० माघमा प्रदर्शन हुने

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २५, २०७५ फिल्म-संगीत, साताका कलाकार
saya kada 10-manoj-gajurel

काठमाडौ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज मितिको रुपमा तय गरेको छ ।

‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।’

रंगमंच अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘फिल्मको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’

रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित