आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

पुरुषको तुलनामा माहिलामा हुन्छ बढि यौन समस्या

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ५, २०७५ जीवन शैली-यौन जिज्ञासा
seksual-problem

यौन जीवनको अभिन्न अंग हो । धेरै महिला विभिन्न यौन समस्याले पीडित हुन्छन् । केही यौन समस्याको समाधान एक्लैले गर्न सकिन्छ भने केहीका लागि चिकित्सकको सल्लाह आवश्यक पर्छ । पुरुषमा भन्दा महिलामा यौन समस्या बढी हुन्छन् । यौन आफैँमा जटिल विषय हो । यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ । त्यस्तै, तथाकथित यौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौन समस्या झन् बल्झिन्छ ।

यौन इच्छाको समस्या

जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौन इच्छाको समस्या रहेको हुन्छ । यो चिन्ताको विषय हो ।

यौन उत्तेजनाको समस्या

यौन उत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ । रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुन् । केही केही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन् । रोग, मानसिक तनाव, रक्सी सेवन, धूमपान आदिका कारण महिलामा यौन उत्तेजनाको समस्या आउनसक्छ ।

सम्भोग सुखको समस्या

सम्भोग सुखको अनुभव नभएपनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिनसक्छ । तर, कसै कसैलाई चरमसुखको अभावले चिन्तित बनाउँछ । आफ्नो प्रेमी या श्रीमानलाई विश्वास नगर्ने र बढ्दो उमेरका महिलालाई यो समस्या हुन्छ ।

यौन पीडाको समस्या

यौन सम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौन पीडा भनिन्छ । अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौन पीडा भोगेका हुन्छन् । तर यौन पीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

यौन समस्याका कारण

बढ्दो उमेर

महिलाको यौन चाहना बढ्दो उमेरसँगै घट्दै जान्छ । यसले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ । श्रीमान श्रीमती यसबारेमा खुलेर कुरा गर्नुपर्छ र एकअर्कालाई कसरी सन्तुष्टि दिने भन्नेमा ध्यान दिनुपर्छ । स्वस्थ र सुखी जीवन व्यतीत गर्न यौनलाई निरन्तरता दिनसक्नुपर्छ ।

हार्मोनको परिवर्तन

जीवनका विभिन्न चरणमा महिलाको यौन चाहना र प्रतिक्रिया फरक फरक हुनसक्छन् । गर्भवती हुँदा, महिनावारी रोकिएपछि या महिनावारीका दिन अनुसार यौन चाहनामा परिवर्तन आउँछ । शरीरमा हुने हार्मोनको परिवर्तनले यस्तो हुन्छ ।

एन्ड्रोजिन हार्मोनले यौन चाहना घटाउँछ भने एस्ट्रोजिन हार्मोनले योनीलाई सुख्खा पार्ने काम गर्छ जसले यौनसम्पर्कलाई कष्टदायी बनाउँछ ।

अन्य कारण

रोग या कुनै विशेष औषधि सेवनले यौन समस्या हुनसक्छ । पुरुषसँग आत्मीय सम्बन्ध नहुँदा पनि महिलामा यौन समस्या देखिनसक्छ । पुरानो दुखद अनुभव या डिप्रेसनले पनि यौन समस्या हुनसक्छ ।

समाधानका उपाय

यौन समस्याले चिन्तित पारेको छ भने मात्र यसको समाधान खोज्नु जरुरी हुन्छ । सबैभन्दा पहिले महिला र उनका प्रेमी या पतिले समस्यालाई बुझ्नुपर्छ । सिधा यौनसम्पर्कबाहेक अरू गतिविधिले पनि यौन अनन्द दिनसक्छ भन्ने बुझ्नुपर्छ ।

संवेदनशील अंगमा छुनु, हस्तमैथुन (मास्टरबेसन), मुखमैथुन (ओरल सेक्स) गर्नु आदि पनि सम्भोग सुख प्राप्त गर्ने उपाय हुन् । लागूपदार्थको लत छ भने यौन समस्याबाट मुक्त हुन यसको परित्याग अत्यावश्यक छ ।

चिकित्सकको सल्लाह लिनुअघि यी प्रयास गरेमा यौनसमस्याबाट पार पाउन सकिन्छ ।

१. महिलामा यौन इच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ । कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ । सम्भोगमा भन्दा आत्मीयतामा बढी ध्यान दिनुपर्छ । यौन ज्ञान र सम्भोग कला महिलाका यौन समस्या हटाउन उपयोगी हुन्छन् ।

२. पर्याप्त आराम गरेर, प्राक्क्रिडा (फोरप्ले)को अवधि बढाएर, योनीका मांसपेशीको कसरत (केगेल एक्सरसाइजेज) गरेर यौन उत्तेजना बढाउन सकिन्छ ।

३. यौन उत्तेजना बढाउने क्रियाकलाप गर्नु, सम्भोगमा एकाग्र हुनु र यौनसम्बन्धी कल्पना गर्नु सम्भोग सुख बढाउने उपाय हुन् ।

४. विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ । यी प्रयासहरूले यौन समस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित