Nepal Mediciti Hospital Ad

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज २४, २०७५ कला खबर, गजल, साहित्य, सिर्जना
Sanket-Dahal-Tapaikokhabar

गजल
एक्कासी बस्ती जुर्मुरायो नारा भएर निस्कियो !
गाँउ निकाला गर्नै पर्छ संकेतलाई शहर सार भएर निस्कियो !

के गल्ती थियो र पानी नचल्ने जातकी छोरी मनपराउनमा मेरो ,
मान्छे नबुझ्ने त होइनन् तर बाधा कुसंस्कार र परम्परा भएर निस्कियो !

तिम्रो हैसियत संग म गरिवको हैसियत मिल्दैन,
छोरी फिर्ता देउ, घाडो त आफ्नै हुनेवाला ससुरा भएर निस्कियो ।

अरे श्रीमति तरुनि हुनजेल मोज मस्ती गर्यो उसले,
आज आफ्नै श्रीमान् श्रीमतिको हत्यारा भएर निस्कियो ।

बल्तकारीलाई फाँसी दिने कानुन बनाईदेऊ सरकार ।
चेली बल्तकृत हुँदा यो माइतिको आवाज पनि साहारा भएर निस्कियो ।

संकेत दाहाल
ओखलढुंगा

प्रतिकृया दिनुहोस्

सम्बन्धित