मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

के हो नारीको जिन्दगी ?

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १४, २०७५ कविता, साहित्य, सिर्जना
sabina kc -tapaikokhabar

सबिना केसी-

इश्वरी : हे मेरो आमा,हे मेरो बाबा दया गरन,यो खोक्रो झोली भित्र शिक्षाको ज्योती भरन, सन्तान के म तिम्रो हैन र , तिमीले मलाईआफ्नो दुध पिलाकी छैनौ र पराई घर मलाई तिमी सुम्पन चाहन्छौ ,निकाली मलाई के तिमीले सन्तुष्टी पाउछौ रात र दिन कराइ बस्छौं,बिहे गर भन्छौ बिहेको साटो शिक्षा पनि त दिन मलाई सक्छौ ।

आमा : बिहे त तैले गर्नु नै छ ढिलो र चाडो अहिले बिहे गरे नाति देख्न पाउथ्यौ तेरो घर राम्रो चाडो बसोस भन्ने चाहान्छौ । नारीकोजीवन काचको टुक्रा फुटेर जान्छ ।समाली राखे पुर्खुउको इजत सदैलाइ जोगीन्छ ।हे मेरो छोरी विहे त तिमीले गर्नु नै छ,नराम्रोकाममा लाग्छौ कि भन्ने हामीलाई डर छ । सुन हे,छोरीलाई पढ्ने हक हुन्न ,पढाइ छोरीलाई बिग्रन दिन्न ।

धेरै तिमी नबोल छोरी राम्रो हुन्न भोली शिक्षाको साटो बिहेले तिम्रो भर्दिउला हामी झोली।।।

इश्वरी : ठिकै छ जेसुकै गर्न,विहे गराई ठुलो भुल गरेछु न भन्नु । म १२ बर्ष उनी ५५ कसरी मिल्छ भन,राम्रो हो कि हैन अब आफै तिमीछान ,एक चोटि आमा सोचन, फेरी सोचन ,शिक्षा र विहेमा के दिने आफै रोजन ।।।।

म पात्र : ईश्वरी एक नारी हो जसलाई आफ्नो र आफ्नोको भन्दा समाजको अनि त्यस समयको वातावरणले जिसक्याइ रहेको थियो ।उसको पढ्ने इच्छा राम्रो हो तर समाजले बिवाहलाई ठुलो स्थान दिएको छ। पढाइ ,पढ्ने इच्छा अनि नारी अझै ओझ्यलमा नै छ्न् ।

सामाजिक भेदभाव , दाइजो अंश प्रथा आर्थिक अनि पारिवारीक समस्याका कारण उनलाई विहे गर्ने बाहेक अरु बिकल्प नै थिएन।

बिवाहा भए पस्चात……….

इश्वरी : कामको बोझ सासुको राज कसरी सहनु विलौना गरी मनका बेदना कसलाई भन्नु ? कामका बोझ लातका डोब के गर्नु मैलेयस्तै कर्म रहिछ मेरो भन्छन् सबले, चाडमा माइती सबको आउछन् मेरो आएनन् ,नरोऊ इश्वरी भनि मलाई कसैले भनेनन् ।रात रदिन हा-हाकार घरमा मचियो, विश्वासको लठ्ठी सोच्दै नसोची कसरी भाचियोरुरुरुरातोमा सजीएकी म,सेतो उजाड भयछु,चुरा,पोते,सिन्दुर अब कहील्यै लाउन नहुने भएछु ।।।हेर्दा हेर्दै म कुरुप भएछु,बीडम्बना अब कसैलाई नचाहीने रहेछु।।।।।

सासू : सुन हे केटी, तेरो राज चल्दैन यहाँ मतलव छैन कसरी बसेको थिइस माइतीमा घरको कुरा घरमै राख्नु भन्ने हैन कसैलाई ।

मैले पिटे भनी तैले भन्छेस रे सबैलाई ,मेरो कुरा गाउले सबैले सुनने छन, सासुलाई कुट्ने कुलबारनी भन्नेछन् ,यदि त चाहान्छेस् भनेआफ्नो भलाई माफ गर्दीनुस भनी भन मलाई।।।।।

सासू : रोइ धेरै नबना काहानी ,अहिले घरमा पाहुना आउछन् निस्का ए मुहारमा मुस्कानी, ठानेको थिए बुहारी होला धनीको ,गरिबको छोरी परि छे ,यो घर पाटीकै बनिगो । मेरो छोरालाई तैले किन खाइस् ,जा ए जा , घरबाट निक्ली जा अब गइ आफ्नै माइतिकोलाई खा।। मनमा लाग्छ सम्झी छोरा पिर , निक्ली जा चाह्न्न म हेर्न तेरो सीर।।।।।।।।

इश्वोरी : बुझेनन मलाई माइतीकोले न नै घरकोले, बोक्सी माने मलाई गाउले सबैले,

पेटको बच्चा बोकी म जाउ कहाँ
नजर मेरो झुकाइ दिन्छन जान्छु म जहाँ जहाँ
भोक्ले पेट आगो झै बल्दछ
पेटमा बच्चा आमा आमा भनी झुल्दछ।।।
यो गरु कि त्यो गरु दोधार मा परेछु
जे पर्ला पर्ला बच्चा नपाई मर्ने छु।।।।।।।।
रोयको आभास भयो इश्वोरी लाई ………

आमा मलाई संसारमा किन ल्याउदिनौ ,मलाई त्यागी शान्ति तिमीले पाउदिनौँ !!!!!!!

म पात्र : कर्म बिना चल्दैन जीवन जो बुझ्दछ त्यो महान
मन वचन कर्म बुजीलेउ,त्यही हो ठूलो भगवान
सेवा नै ठुलो धर्म हो ,उप्देश यो गुरुको
फल्भोग गर्नु नै सम्झनु कृपा सब प्रभुको
हुन्छन् सब बिभिन्न स्वभाबको
लेखे पछि पर्छ उसैलाई छ जस्को भाग र भोग।।।।।।।।
सागर को पानी के धमीलो अनि पबित्र
पाप र पुन्य मनै को खेल ,संसार छ बिचित्र।।।।

ति सानी इश्वरी गर्भवती भइछिन् । हास्ने खेल्ने उमेरमा छोरी पाइछीन ,दैबको लिला कस्तो-कस्तो हेरन, ईश्वरीले छोरी कसरी सीहारी होला भन न,  चाहिएन अब को आफ्नो को पराइ ,हिम्मत र साहास लाई साथी बनाइ।।।।

मजदुरी मेहनत गरी छोरीलाई हुकाई ,आफु अनपढ भएपनि छोरालाई पढाई, आफु नखाई छोरालाई सधै खुवाई समयको अन्तरालमा छोरालाई ठुलो बनाई ।

नारीको जिन्दगी के हो ?? के घरको चार ढोकामै सीमीत हो ?? उस्को अस्तित्व सिमा के ?? नारीको कदर कसले गर्ने ?? सन्तान पाउनु, नारीको दायित्त्व, कर्तव्य, चाहाना, मजबुरी, शोभाव या के ? नारीको शत्रु नारी नै किन ??? अब सोच बद्ले हुन्न ????

प्रतिकृया दिनुहोस्

सम्बन्धित