आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

भित्री वस्त्रमा देखा परेको रातो दाग न थियो ‘रजस्वला’

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २, २०७५ Flash News, कविता, साहित्य, सिर्जना
manisha-Paudel-Tapaikokhabar

कविता

पाइला कता चलाउँदैछु थाहै नहुने
नाड़ी, पाखुरा, पिडुला गलाउँदै
लागिरहन्छ कि शरिरको तल्लो भागतिर
कसैले हँसिया हथौडाले ठोकीरहेछ
कुनै साँघुरो खोचको गिर्खाहरु बडारेर
महासागर भेट्न उर्लिएको नदी जस्तै गरि
भित्रि वस्त्रमा देखा परेको रातो दाग थियो रजस्वला

दाग नै थियो त्यों नि भित्री वस्त्रमा लुकाउन मिल्ने
हैन हैन नारी हुनुको घमन्ड मिसीएको दाग
मातृत्वको ताज पहिराउने दाग
सृष्टि चलाउने शत्ती भएको दाग
मात्र आफ्नो दृष्टिकोणमा एक मात्र सुन्दर दाग
असाध्य सुन्दर दाग

तर, ढुगांको हृदय भएका मान्छेको खोल ओढ्नेहरुको लागि गनाउँने दाग घिनाउँने दाग
छाउगोठमा सार्ने दाग
भित्र भित्रै मार्ने दाग
नराम्रो टाटो बस्ने दाग

के गरेर भुलाउँछन् महिलाहरु त्यो असह्य पिडा
छाउगोठमा गोमन करेत सर्प त के हो र
अजिंगर आएर डसिसक्दा नी होस नखुल्ने त्यो पिडा।।।।।
दाजु भाई बाबा काका मामा कसैले अनुमान लाउन नसक्ने यो छटपटि कति रात हो कति
बिहे गरेकी दिदि नै गुनासो गर्छिन

नानी जन्मदा लागेको ब्यथाको बेलामा नजिकै आएर अंकमाल गर्दै सारै गारो भयो है भन्दै कानमा फुसफुसाउने उनका बुढा अहिले २ बर्षमै सब भुलेर भन्छन रे कति पेट समाएर रोइराछेस् जा महिनावारि त हो मर्दिनस् भान्छाबाट पानी ल्या…..

तर म सधै गर्व गर्छु नारी हुनुमा
घमन्ड गर्छु आमा हुन पाउने भएर
र बास्ना आउछ त्यो दाग मलाइ
पबित्र लाग्छ मलाइ त्यो दाग
रजस्वला को दाग…….

मनिसा पौडेल 

प्रतिकृया दिनुहोस्

सम्बन्धित