परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

जडिबुटीमा ट्रिपर जलाउने दुई जना प्रहरीको नियन्त्रणमा

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, मुख्य खबर, समाचार
tipar_tapaikokhabar

आज दिउसो काठमाडौंको जडिबुटीमा भएको दुर्घटनामा ट्रिपरमाथि आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ जडीबुटी बस्दै आएका १९ वर्षीय नरज खड्का र सोलुखुम्वु सल्लेरी घर भइ हाल लोकन्थली बस्दै आएका २० वर्षीय कमल राई छन् ।

यसअघि बुधबार जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको थियो । लगत्तै, आक्रोशित स्थानीयले ट्रिपरमाथि आगजनी गरेको थियो ।

दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग, काटेश्वरले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

यसअघि भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार रौतहट गौर घर भइ हाल काभ्रेको बनेपा बस्दै आएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको थियो । प्रहरीले ट्रिपरलार्इ पनि नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित