रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक बर्खास्त

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, खेलकुद, मुख्य खबर, समाचार
spain kheladi-tapaikokhabar

विश्वकप सुरु हुने अघिल्लो दिनमात्रै स्पेनले राष्ट्रिय टोलीका प्रशिक्षकलाई कारबाही गरेको छ । स्पेनिस फुटबल संघले प्रशिक्षक जुलियन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

रियल मड्रिडले जुलियन लोपेतेगीलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेपछि संघ रुष्ट बनेको थियो । गएको मे मा अप्रत्यासित रुपमा जिनेदिन जिदानले राजीनामा दिएपछि रियल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो । जिदानले रियल मड्रिडमा साढे दुई वर्ष बिताए र क्लबलाई तीनपटक लगातार युरोपियन च्याम्पियन बनाए ।

तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएको हप्ता दिन नबित्दै जिदानले राजीनामा दिएका थिए । जिदानको राजीनामापछि क्लब सुहाउँदो नयाँ प्रशिक्षकको खोजीमा रहेको रियलले त्यसको विकल्प स्पेनका प्रशिक्षक लोपेतेगीमा भेटेको हो ।

तर उनलाई भने क्लबको नियुक्ती लिएको केहि दिनमै राष्ट्रिय टोलीबाट बर्खास्त गरियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित