परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, मुख्य खबर, समाचार
Prachanda-Chitwan_tapaikokhabar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार चितवनमा आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताए।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले चितवनको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु-याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताए ।

भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित